Aamsanchar

बिर्तामोड महोत्सवमा एक स्टलबाट १ लाख ५० हजार कप चिया बिक्री

Author Image
शनिवार, फागुन २०, २०७९

झापा । बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा एक लाख ५० हजार कप चिया बिक्री भएको छ ।
नेपाली चियालाई अन्तराष्ट्रिय वजारमा चिनाउने उद्देश्य सहित स्थानीय व्यवसायी चक्र कार्की र नरेश सापकोटाले महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराउँदै आउनु भएको थियो । एक रुपैयाँमा चिया उपलब्ध गराएसँगै महोत्सव अवलोकनकर्ताले चियाको प्रशंसा गरेका गरेका थिए ।

झन्डै साढे सात लाख रुपैयाँ खर्चेर आएका आगन्तुकलाई मेजमान नामक चिया प्रदान गरिएको हो । जसमा एक लाख ५० हजार रुपैयाँ चिया बिक्रीबाट संकलन भएको बताइएको छ ।
सीता चिया तथा घरेलु मसला उद्योगले अर्ग्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराएसँगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गरेका थिए । ‘ रंग छिटो खाँदा मिठो’ भन्ने नारा सहित आएका अवलोकनकर्तालाई मेजमान चिया प्रदान गरिएको हो ।

महोत्सव अवधिभर एक रुपैयाँमा चिया उपलब्ध गराएपछि बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी र महोत्सव मूल आयोजक समितिले समेत मेजमान चियाको प्रशंसा मात्रै गरेनन् व्यवसाय प्रवर्द्धनका लागि खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरिएको जनाएका थिए ।

यसैबीच अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोलाले आफ्नो वडामा सञ्चालित उद्योग र उद्योग सञ्चालकले नमूना काम गरेको भन्दै कदर पत्रद्वारा सम्मान गरेका छन् । उनले व्यवसाय प्रवर्द्धन र औद्योगिक मेलामा एक रुपैयाँमा चिया उपलब्ध गराएर सह्रानीय काम गरेको भन्दै कदरपत्र प्रदान गरेका हुन् ।
१४ दिनसम्म सञ्चालित महोत्सवमा एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवमा छुट्टै रौनकता प्रदान गरेका व्यवसायीद्वयले नेपाली चिया विश्व वजारमा पुर्‍याए आर्थिक रूपान्तरणमा भूमिका खेल्न सकिने सन्देश दिएका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
3
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर