Aamsanchar

बिर्तामोडमा बालुवाटार रिसोर्ट सञ्चालनमा, सेवाग्राही कनकाईका धेरै 

Author Image
शनिवार, फागुन २०, २०७९

लक्ष्मीपुर । झापाको बिर्तामोड –२ र कनकाई नगरपालिका –८ सिमा क्षेत्रमा पर्ने बालुवाटारमा स्थानीय तीनजना व्यवसायीहरूले बालुवाटार रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।
गोपाल कटुवाल, मोहन लुँइटेल र टेकबहादुर बस्नेतको लगानीमा हिजो शुक्रबारबाट रिसोर्ट सञ्चालनमा आएको हो ।

२ करोड ५० लाखको लगानीमा सुरु भएको रिसोर्ट १ बिघा क्षेत्रफलमा फैलिएको छ । हरियाली जंगल, खोलाको किनारमा रहेको रिसोर्ट एक रमणीय स्थल बनेको छ । रिसोर्ट सञ्चालनमा आए पछि पारिवारिक रुपमा खान र घुम्नको लागि स्थानिय हरुको भिड लाग्न थालेको सञ्चालक गोपाल कटुवालले बताए ।

रिसोर्टमा नेपाली, विदेशी परिकार पाउनुका साथै ६ वटा सुविधा युक्त एसी रुमहरू पनि रहेको छ । २ सय जना क्षमताको कार्यक्रम हल पनि रहेको छ । विभिन्न कार्यक्रम, सेमिनार, जन्मउत्सव, विवाह लगायतको कार्यक्रम गर्न बालुवाटार रिसोर्ट नयाँ र आकर्षक स्थान बनेको सञ्चालक मोहन लुइँटेलले बताए ।

रिसोर्ट सञ्चालनमा आए सँगै हाल १५ जनाले प्रत्यक्ष रोजगारी पाएको अर्का सञ्चालक टेकबहादुर बस्नेतले बताए ।

पूर्व पश्चिम मुख्य राजमार्ग लक्ष्मीपुर चोक र चारपानेको बिचमा रहेको घाग्रापुल देखि १ सय मिटर पश्चिम देखि करिव १ सय ५० मिटर दक्षिण पुगेपछि ५० मिटर पूर्व लाग्दा रिसोर्ट पुग्न सकिन्छ ।
रिसोर्टको नेपाली काँग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पनि अवलोकन गरेका छन् । भूगोलका हिसाबले रिसोर्ट बिर्तामोड नगरपालिकामा रहेपनि कनकाई नगरका सेवाग्राहीहरूको धेरै आगमन भइरहेको विकास कटुवालले बताए ।

आफ्नै ठाउँमा केही गरौँ, रोजगारीको वातावरण तयार पार्न सकिन्छ, शहरको कोलहाल देखि शान्त ठाउँ रहेको र  आगन्तुकहरूलाई सुलभ र सुविधा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
9
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1033

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१