Aamsanchar

ओखलढुङ्गामा बलेरो गाडी दुर्घटना हुँदा दुई को मृत्यु, १२ जना घाइते 

Author Image
आइतवार, फागुन २१, २०७९

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका –३ स्थित भित्री सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ जना घाईते भएका छन ।

आज ओखलढुङ्गाको खानिभञ्याङ बाट सदरमुकाम आँउदै गरेको ना.१ ज ८४८३  नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरेर दुर्घटना हुँदा चिसंखुगढी–३ का ५२ वर्षीय मीन बहादुर श्रेष्ठ र ७० वर्षीय भक्त बहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए

दुर्घटना स्थलमा प्रहरी निरीक्षक दास सहितको टोलीले गाडीका चालकसहित १० जना घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं र २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको छ भने मृतकको  शवलाई  पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको छ ।

घाइतेहरूः
चालक चिसंखुगढी–१ का २५ बर्षीय सुमन कार्की, यात्रुहरूः चिसंखुगढी–१ का  ४० वर्षीय केन्द्र बहादुर कार्की, २२ वर्षीय खेम बहादुर खत्री, चिसंखुगढी–२ कि ५७ वर्षीया तिल कुमारी श्रेष्ठ, १३ वर्षीया आयुशा श्रेष्ठ, चिसंखुगढी–३ कि २६ वर्षीया सर्मिला श्रेष्ठ, उनको ४ वर्षीया छोरी लरिसा श्रेष्ठ, सिद्धिचरण नगरपालिका –१० कि ४० वर्षीया तुलसा धमला उनको २ वर्षीय छोरा विनय धमला र चिसंखुगढी–३ कि ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठ मोलुङ गाउँपालिका–१ कि ३५ वर्षीया जानुका धमला र उनको छोरा ४ वर्षीय कोसिस धमला रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर