Aamsanchar

‘उत्कृष्ट नारी सम्मान’ एक असाधारण कार्यक्रम रहेको प्रतिकृया पाएका छौं : अध्यक्ष सुब्बा 

Author Image
आइतवार, फागुन २१, २०७९

बिर्तामोड ।  वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको आयोजनामा हरेक वर्ष प्रदान गर्दै आएको वर्ष उत्कृष्ट नारी सम्मानद्वारा यस वर्ष ११ वर्ष सफलता पूर्वक हवाईजहाज उडाएकी पाइलट जिना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको छ ।
नारी दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रम वीरता लेडी जेसीज पूर्व अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा आयोजना भएको थियो । कार्यक्रमा प्रमुख वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुले वर्ष उत्कृष्ट नारी जीना लिङ्देनलाई सम्मान पत्र प्रदान गरेका थिए

उत्कृष्ट नारी सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष प्राविधिक विधा तर्फ लिङ्देनलाई सम्मान गरिएको हो । पूर्वअध्यक्षहरूको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने वर्षमा एक जना महिलालाई फरकफरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।

सन् २०२१ मा सामाजिक विधा तर्फ पहिलोपटक उत्कृष्ट नारी सम्मानद्वारा समाजसेवी, राजनीतिज्ञ स्व। गिरिराजकुमारी प्रसाईँलाई सम्मान गरिएको थियो भने सन् २०२२ मा शिक्षा विधामा झापाको पहिलो महिला प्रधानाध्यापक प्रभा घिमिरेलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि प्रतिनिधीसभा उपसभामुख ईन्दिरा राना मगर ।

महिलाको क्षमता वृद्धिसँगै हरेक क्षेत्रमा महिलाहरू अब्बल रहेको विषयलाई वीरता लेडी जेसीजले विगतदेखि नै उठान गर्दै आएको कार्यक्रमकी अध्यक्ष राधा सुब्बाले बताइन् । सुब्बाले भनिन ‘उत्कृष्ट नारी सम्मान’ एक असाधारण कार्यक्रम रहेको प्रतिकृया पाएका छौं । आगामी वर्षमा अझै सम्मानलाई फराकिलो र भव्य बनाउँदै जाने छौं ।’

सञ्चारकर्मी लीला अनमोलको संयोजकत्वमा वीरता जेसीजका पूर्वअध्यक्ष शेखर ढकाल र मेची क्याम्पसकी प्राध्यापक गायत्री सुवेदी सदस्य रहेको उत्कृष्ट नारी छनौट समितिले यसपटक प्राविधिकतर्फकी महिलालाई छनौट गरेको हो ।
जिल्लामै विशिष्ट कार्यक्रम मानिएको नारी सम्मान कार्यक्रममा प्रमुख अतिथि एवम् प्रतिनिधीसभा उपसभामुख ईन्दिरा राना मगर, संस्थापक अध्यक्ष शारदा रिजाल, समाजसेवी मेगेन्द्र लिङदेनलगायतले शुभकामना मन्तव्य राखेको थिए ।

सम्मानित नारी जिना लिङदेन सँग कार्यक्रमकी अध्यक्ष राधा सुब्बा ।

कार्यक्रममा स्वागत लेडी जेसीज अध्यक्ष संगीता गिरी,  औचित्य माथि प्रकाश पूर्व अध्यक्ष उर्मिला खरेल,  जेसीज आस्था वाचन मिरा बजगाईँ, जेसीज थिम वाचन रजनी बजगाईँ, सम्मानित व्यक्तिको परिचय स्वस्तिका आचार्य र कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष क्लबकी सचिव संगीता चिमरियाले गरेकी थिइन ।

सम्मान पछि लेडी जेसीज परिवारले सम्मानित व्यक्तिलाई बाजागाजा सहित स्कटिङ्ग गरेर घर सम्म पुराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर