Aamsanchar

जनयुद्धकालीन मुद्दा हेर्ने काम नियमित अदालतकाे हाेइन : डा. भट्टराई

Author Image
सोमवार, फागुन २२, २०७९

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले ‘प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइँदैन’ नभनेको प्रतिक्रिया दिएका छन्।

सोमबार बिहान ट्वीट गरी भट्टराईले आफू प्रधानमन्त्री छँदा थुप्रै मुद्दा खेपेको र अदालतमा हाजिर भएको बताएका छन्। तर जनयुद्धकालीन मुद्दा नियमित अदालतले नभई सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)ले हेर्ने उनको तर्क छ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको अन्तरक्रियामा भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु भएको टिप्पणी गरेका थिए।

यसको चौतर्फीे आलोचना भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन्।

हेर्नुहोस् उनको ट्वीट–

सानो स्पष्टीकरण-बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन!मज्जाले पाइन्छ!म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु,अदालतमा हाजीर भएको छु!तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा TRCले हेर्ने हो,नियमित अदालतले हैन!प्रम प्रचण्डको हकमा पनि त्यही हो!आवेग हैन विवेकले काम गरौं!

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)