Aamsanchar

जोगिरा सरररररररर ?

Author Image
मङ्गलवार, फागुन २३, २०७९

कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के वोलो सारारारारारारारारारारा
के वोलो सारारारारारारारारारारारा

को हो त जोगिरा ?
जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगिरा को चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगिरा को अर्थ निकाल्न गाह्रो छ तथापि जोगिरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ । जोगी अर्थात् केही लिन र केही दिनसँग वास्ता नभएको, सुख्ख र दुख्नको झेलमा नअल्झिएको अनि समपूर्ण रूपमा साधुजस्तो सांसारिक बन्धनबाट टाढिएको मान्छे, जोगिरा , विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिँगटालाई व्यक्त गरिएको छ ।

पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरूसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् । अब हामी यस विशेष दिन तराई मा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौँ । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुर बुबाले सुनाउनुहुन्थ्यो र म आज याद गर्दै लेख्दै छु । उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन्, रमाइलो गर्न कालागि सीमापारिबाट अर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरूमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारिपारि गाउँ थर्किने गरी तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरू बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरू नवरात्री या अन्य चाडहरू जस्तै होलीताका ल्याइने चलन अझै छ र यसरी आएका अर्केष्ट्राका सदस्यहरूमा नाच्ने सदस्यहरूलाई नटुवा भनिन्छ, गाउँ-गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएता पनि महिलाको झैँ देखिने पैताला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)