Aamsanchar

राप्रपाद्वारा  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

Author Image
मङ्गलवार, फागुन २३, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बिहीबार हुने राष्ट्रपति  निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्।

 

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर