
सांकेतिक तस्वीर ।

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ बैंक रोड बस्ने सिमा श्रेष्ठको घरबाट साढे ३१ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना चोरी भएको छ । ३१.५ तोला सुनका विभिन्न गहना चोरी भएको हो ।
उक्त घरमा कोही नभएको अवस्थामा कोठामा रहेको दराजको साँचो खोली दराजमा रहेका गहना चोरी भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय घोराहीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Views: 179

