Aamsanchar

नेमकिपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने

Author Image
बिहिवार, फागुन २५, २०७९

काठमाडौं- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति चुनावमा मतदान नगर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

नेमकिपाले जारी गरेको विज्ञप्तिमा कांग्रेस र एमालेबीच तात्विक अन्तर नरहेको बताएको छ । “राष्ट्रपतिको उमेदवार व्यक्ति होइन पार्टीको दृष्टिकोण हो,” नेमकिपाले भनेको छ, “राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विकअन्तर छैन ।”

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर