सुर्खेत- सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिसोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाको छ ।
प्रहरीका अनुसार उहाँसँगै पिङ खेलिरहेका अरू २ जना घाइते भएका हुनुभएको छ । ‘तीन जना सँगै बसेर पिङ खेल्ने क्रममा डोरी चुँडिएपछि दुई जना घाइते हुनुभएको हो । घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उहाँका २ वर्षीय छोरा छन् । दुवै जनाको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।
उक्त घटना बुधवार बेलुका भएको हो । घटनाबारे होटेलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो ।