Aamsanchar

कनकाई नगरवासीले स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्थाको अन्त्य : नगरप्रमुख पोखरेल 

Author Image
बिहिवार, फागुन २५, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरवासीले स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् । आज बिहीवार कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले सो कुरा बताएका हुन। उनले नगरका सबै वडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरिएको छ । नगरले यसअघि नगर अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरि सेवा दिदै आएको छ । नगरवासी अति विपन्न केही गरिब दुःखीहरूलाई निशुल्क स्वास्थ्य बिमा समेत गरिदै आएको नगर प्रमुख पोखरेलले जानकारी दिए।

वडा न १ का अध्यक्ष सुशीलकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ३ का अध्यक्ष युवराज चौलागाईं , वडा न ५ का अध्यक्ष कृष्णबहादुर राई , वडा न ७ का अध्यक्ष भीष्मभुषण सिटौला, वडा न ८ का अध्यक्ष लिलाबहादुर कटुवाल , नगर स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल, नगर जनस्वास्थ्य अधिकृत नारायणप्रसाद अधिकारी, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, खड्गमाया चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै वडा न १ का अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सुशीलकुमार पोख्रेलले अब वडावासीहरुलाई उक्त केन्द्रबाट खोप सेवा, पोषण सेवा, परिवार नियोजन सम्बन्धी सेवा उपलब्ध गराउनुका साथै मानिसलाई रोग लाग्नु भन्दा पनि रोग लाग्न बाट बच्ने उपाय बारे समय समयमा सचेतना मूलक कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाए ।

वडा सदस्यहरू निर्मला खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर लेखा शाखाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)