Aamsanchar

राष्ट्रपतिको निर्वाचनमा नेम्वाङले कति गरे खर्च ?

Author Image
शुक्रवार, फागुन २६, २०७९

काठमाडौं- राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका छन् । शुक्रबार आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ ।

नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाएका हुन् । हिजो बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका थिए ।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर