Aamsanchar

आजकाे माैसम

Author Image
शनिवार, फागुन २७, २०७९

काठमाडौं : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।  कोशी र  गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। साथै  यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको अनुमान गरिएको छ।

काठमाडौं उपत्यका र तराई क्षेत्रमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। हाल पहाडी भू–भागमा आंशिक बदली भइरहेको उनले बताए।

मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन भएको छ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२