![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/New-Project-2023-03-11T160336.175.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
अमेरिकी नियामक निकायले सिलिकन भ्याली बैंक बन्द गरिदिएको छ । बैंक गम्भीर आर्थिक समस्यामा परेपछि बचतकर्ताहरुको रकमको सुरक्षाको लागि बैंक बन्द गरेको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकाको बैंकिङ क्षेत्रमा यस किसिमको समस्या सन् २००८ पछि पहिलोपल्ट आएको हो । उच्च ब्याजदरका कारण समस्यामा पर्दै गएको बैंकलाई जोगाउन आफ्नो सम्पत्ति बेच्न खोजेपछि बिहिबारदेखि बैंकको शेयर मूल्य घट्न थालेको थियो । शुक्रवार पनि शेयर मूल्यमा उच्च गिरावट आएपछि नियामक निकायले बचतकर्ताहरुको सुरक्षाका लागि भन्दै बैंक नै बन्द गरिदिएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सिलिकन भ्याली बैंक गम्भीर समस्यामा परेपछि त्यसको असरले अमेरिकी शेयर बजारमा वाल स्ट्रीटका प्रमुख चार वटा बैंकको शेयर मूल्य बिहीबार एकै दिनमा ५५ अर्ब अमेरिकी डलरले ओरालो लागेको छ । अमेरिकाका चार ठूला बैंकहरूको शेयर मूल्य घट्ने क्रम शुक्रवार पनि कायम रह्यो । विज्ञहरूले बैंकहरूको अहिलेको समस्या बढ्दो ब्याजदरको कारण आएको बताएका छन् ।