Aamsanchar

७४ वर्षीय वृद्धकाे हत्या गरेकाे आराेपमा ६ जना पक्राउ

Author Image
आइतवार, फागुन २८, २०७९

रुकुम पश्चिम – रुकुम पश्चिममा एक जना वृद्धकाे हत्या गरेको आराेपमा छ जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका ८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको आराेपमा त्यही ठाउँका छ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा २० वर्षीय अनिल पुन, दुई जना १७ वर्षीय किशोर, दुई जना १६ वर्षीय किशोर र एक जना १४ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नातीसँगको रिसिइबीका कारण घरमा पुगेका उनीहरूले आक्रमण गर्दा हजुरबुवा जितबहादुर घाइते हुनुभएको थियो । शनिवार राति ८ बजे कुटपिटबाट गम्भीर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा राति ज्यान गएकाे थियाे ।

घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर