

गाेरखा – गोरखामा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

आज साेमवार गोरखा नगरपालिकाको बिसौनी मोडमा दूध बोक्ने ट्रक अनियनिन्त्र भई मोटरसाइकलसँग ठोकिँदा दुवै गाडी सडकभन्दा तल खसेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ट्रकले चोकमा रहेका अरू मानिसलाई पनि ठक्कर दिएको छ । मृतकको पहिचान खुलेको छैन ।

घाइतेहरूकाे गाेरखा अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयाे ।

Views: 539

