Aamsanchar

सरसफाइ अभियानको क्रममा तिलोत्तमामा देखिएको १२ किलो मिटर दुरी सम्म मानव साङ्लो

Author Image
मङ्गलवार, फागुन ३०, २०७९

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मानव साङ्लोसहितको सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा बुधबार नगरको ६ लेन सडकको १२ किलोमिटर दुरीमा दुबैतर्फ मानव साङ्लो बनाएर सरसफाइ गरिएको हो ।

योगिकुटीदेखि कोटिहवासम्म नगरबासीले एक—आपसमा हात समाएर सरसफाइ अभियानमा प्रतिबद्धता जनाए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागी रहेको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)