Aamsanchar

कदम र सिरिस जातको गोलिया काठसहित ट्याक्टर र चालक झापा प्रहरीकाे नियन्त्रणमा

Author Image
मङ्गलवार, फागुन ३०, २०७९

झापा- अवैध गोलिया काठसहित एउटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार मेचीनगर नगरपालिका– २ स्थित सरस्वती टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँचका लागि रोकेका थिए ।

सो ट्याक्टरमा आवश्यक कागजात बिना कदम र सिरिस जातको अन्दाजी १६० क्यु फिट गोलिया काठ फेला परेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बरामद गरिएको काठ,ट्याक्टर र चालक मेचीनगर २ निवासी २२ वर्षीय सर्बन राईलाई आवश्यक कारबाहीको लागी जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
Views: 919

प्रतिक्रिया (०)

सम्बन्धित खबर