Aamsanchar

सहारा साकोस शिक्षा सदन को वार्षिकोत्सव  सम्पन्न

Author Image
मङ्गलवार, फागुन ३०, २०७९

बिर्तामोड। चारपानेमा रहेको सहारा साकोस शिक्षा सदन को वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। सोमवार चित्रकला प्रदर्शनी त्यसैगरी सांगीतिक कार्यक्रमको आयोजना गरी विद्यालयले आफ्नो वार्षिकोत्सव  सम्पन्न गरेको हो ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लिलानाथ खत्रीको सभापतित्वमा त्यसैगरी बिर्तामोड नगर शिक्षा युवा तथा खेलकुद शाखा उपसचिव तिलचन भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजित भएको थियो ।

प्रमुख अतिथी भण्डारीले गृहकार्य बढि हुँदा बढि पढ्ने भनेर सोच्नु भन्दा थोरै सिकाउने तर प्रभावकारी हुने तरिकाले दैनिक सिकाइ गराउनुपर्ने कुरामा लाग्न समेत अभिभावकलाई सुझाव दिएका छन्।
यसैगरी शिक्षा सदन विद्यार्थीहरूको चौतर्फी विकास गर्ने लक्ष्यका साथ अगाडि बढेका कारण यसरी नै अभिभावक हरूको साथ, सहयोग उचित सरसल्लाह सधैँभरि पाई रहेको खण्डमा विद्यालयलाई अझ यो भन्दा पनि राम्रो सँग सञ्चालन गर्न सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ खत्री बताएका छन् ।

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले नृत्य, गायन र समसामयिक विषयमा नाटक समेत प्रस्तुत गरेका थिए ।

दुई वटा फरक विषयमा नाटक प्रस्तुत भएको उक्त कार्यक्रममा वृद्ध अवस्थामा आफ्ना मातापितालाई वृद्धाश्रम लिएर जाने जुन सोचाइ छ सो गलत रहेको कारण आफ्ना भगवान सरहका मातापितालाई घरमा आफैसित राख्ने सन्तान महान सन्तान हुन भन्ने सन्देश पहिलो नाटक बाट दिएका थिए । यसैगरी घरमा नानीबाबुहरूले  नजानेको गृहकार्य सिकाइ माग्ने क्रममा अभिभावक हरू सामाजिक सञ्जालमा व्यस्त हुने गरेको र गृहकार्य गर्न समस्या भएर पढाईमा असर पर्ने भएकाले अभिभावकले आफ्ना छोराछोरीको पढाईमा सहयोग गर्नुपर्ने सन्देश अर्को नाटकले दिएको थियो।

यसैगरी चित्रकलाको माध्यमबाट नानीबाबु हरूलाई सिकाउँदा सरल र सहज तरिकाले सिक्ने भएकाले विद्यालयमा चित्रकलाको महत्वपूर्ण भूमिका रहने गरेको शिक्षा सदनका चित्रकला प्रशिक्षक तथा प्राज्ञ पवनकुमार राजवंशीले मन्तव्यका क्रममा बताएका छन्। संसारमा सबैले सजिलै बुझ्न सक्ने भाषा चित्रकला रहेकाले यसैको माध्यमबाट विद्यालयमा पठनपाठन गराउन सके उपयुक्त हुने समेत उनले बताए ।

नगर शिक्षा शाखा अधिकृत दिनेश प्रसाद आचार्य, बिर्तामोड नगर कार्यपालिका सदस्य तिला गौतम, सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशी, सहारा नेपाल साकोसका उपाध्यक्ष छविलाल खतिवडा, विद्यालय सञ्चालक समन्वय समितिका संयोजक डम्बर बहादुर देउजा , विद्यालय सञ्चालक समन्वय समितिका सदस्य लक्ष्मी प्रसाद आचार्य, सहारा नेपाल साकोसका निर्देशक लक्ष्मण खतिवडा, उपनिर्देशक इश्वर भट्टराई, सहारा नेपालका बिभागिय उपप्रमुख गोपाल भट्टराई, विद्यालय सम्योजक किसन गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन प्रधानाध्यापक राजेश सेडाईले बाचन गरेका थिए ।

अभिभावकहरको बाक्लो उपस्थितिका बिच भएको कार्यक्रमा विद्यालय समन्वय समितिका सदस्य विन्दु श्रेष्ठको स्वागत तथा सञ्चालन विद्यालयका शिक्षक दिपेश राजवंशी र निता गिरीले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)