Aamsanchar

मेटाले फेरी १० हजार कर्मचारी हटाउँदै

Author Image
बुधवार, चैत १, २०७९

काठमाडौं –  फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ। मेटाले १० हजार कामदारलाई जागिरबाट निकाल्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिएको बीबीसीले जनाएको छ।  मेटाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले कर्मचारी घटाउनुपरेको बताएका छन्।

अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ। ​ मेटाले जस्तै गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि यस्तै समस्याको सामना गरिरहेका छन्। सन् २०२३ को सुरुमै अमेजनले १८ हजार जनालाई जागिरबाट निकालेको थियो।​ गुगलको कम्पनी अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर