Aamsanchar

रुखमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा झापामा युवकको मृत्यु

Author Image
बुधवार, चैत १, २०७९

प्रतिकात्मक तस्विर

झापा- झापाको मेचिनगर नगरपालिका-४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्ट बहादुर कडरीया रहेका छन् । बुधबार बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
2
+1
18
Views: 3423

प्रतिक्रिया (०)

सम्बन्धित खबर