Aamsanchar

राज्य प्रभावकारी अनुगमन गर्नुको साटो दलालहरुको पृष्ठपोषण गरिरहेको छ : किसान महासंघ

Author Image
बुधवार, चैत १, २०७९

झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ ।

किसान महासंघ झापाले मूल्यवृद्धिको घोर विरोध गर्दै भारतबाट आयात भइरहेको विषादियुक्त र गुणस्तरहीन मलको आयात रोक्नुपर्ने लगायतको माग पनि गरेको छ । नेपाल किसान महासंघ झापाका अध्यक्ष विमल निरौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा किसानहरुले प्रयोग गर्दै आएको मलको प्रभावकारी अनुगमन समेत गर्न र सरकारको नीतिका कारण किसानहरु निराश हुँदै गएका जनताप्रति उत्तरदायी बन्न भनिएको छ ।

बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै काम गर्नु परेको, उन्नत विउको अभावका कारण बालीमा आशाजनक फलसमेत प्राप्त नभएको र मलको कालाबजारी भइरहेको आरोपसमेत लगाइएको छ।

किसानले उत्पादन गर्ने कृषि वस्तुहरुले सरकारले तोकेको समर्थन मूल्य समेत नपाइरहेको भन्दै भारतबाट आयात भइरहेको कृषि वस्तुका कारण नेपाली बजार अस्तव्यस्त भएको विज्ञप्तीमा उल्लेख छ । किसान बनेर जीवन निर्वाह गर्न कठिनाई भइरहेको भन्दै किसान महासंघले किसानको हितमा सरकारले नीति निर्माण गर्नुपर्ने माग राखेको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर