काठमाडौँ– अवस्था ठिक नभएका सवारी चलाउने १० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मङ्गलवार कीर्तिपुरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले यान्त्रिक परीक्षण गरेको थियो । यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।
१ सय वटा सवारी चेकजाँच गर्दा दश वटा सवारी साधनमा समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । सवारी साधन मर्मत गरेपछि जरिवाना तिरेर सम्बन्धित चालकलाई कागजात फिर्ता गरिने एसएसपी भट्टले बताए ।ट्राफिक प्रहरीले भदौ १५ देखि अभियानको रूपमा यान्त्रिक परीक्षण गर्दै आएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 129