Aamsanchar

‘जवान’ को प्रदर्शन मिति परिर्वतन

Author Image
बुधवार, चैत १, २०७९

एजेन्सी – भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ को प्रदर्शन मिति परिर्वतन भएको छ । फिल्म पहिला आगामी जुनमा प्रदर्शन गर्ने बताइएको थियो । तर, अहिले फिल्मको मिति परिर्वतन भएर अक्टोबरमा प्रदर्शन हुने बताइएको छ । दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारको निर्देशनमा बनेको ‘जवान’ को छायांकन अन्तिम चरणमा छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार याे फिल्मको प्रदर्शन मिति अझै फेरबदल हुन सक्नेछ ।

फिल्म निर्माण टिमका अनुसार जवानको सुटिङ अहिले चलिरहेको छ । फिल्मलाई जतिसक्दो चाँडो समापन गर्ने तयारीमा निर्माताहरु लागेका छन् । ‘फिल्म अक्टोबरमा प्रदर्शन हुनेछ । फिल्मको गति हेरेर मात्रै शाहरुख र एटलीले फिल्मको प्रदर्शन प्लानबारे अन्तिम निर्णय लिनेछन् । एटली र शाहरुखले दर्शकलाई फिल्मलाई लिएर कुनै गुनासो नहोस् भन्ने चाहन्छन् र यसका लागि उनीहरुले राम्ररी सोचेर अन्तिम निर्णय लिने र सबै कुरालाई ध्यान दिएर मात्रै प्रदर्शन मिति तय गर्नेछन्,’ निर्माण टिमले भनेका छन् ।

शाहरुखका अलावा ‘जवान’ मा नयनतारा, प्रिया मणि, सान्या मल्होत्रा ​​र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ । फिल्ममा विजय सेतुपति नकारात्मक भूमिकामा देखिनेछन् । यसबाहेक फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिनेछिन् । दक्षिण भारतीय चर्चित संगीत निर्देशक अनिरुद्ध रविचन्द्रले फिल्ममा संगीत दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर