Aamsanchar

आसरा सुधार केन्द्रबाट ८१० जना  पुनर्स्थापित  

Author Image
बुधवार, चैत १, २०७९

सुनसरी। आसरा सुधार केन्द्र पानवारी धरानको पाचौ बार्षिकोत्सव तथा तेस्रो बार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुदघान गर्नु भएको हो । साथै वहाँले केन्द्रको परिसरमा नवनिर्मित भगवती मन्दिरको समेत समुदघाटन गर्नु भएको छ ।

आसरा सुधार केन्द्र धरानको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै संघकी अध्यक्षले दुर्व्यसनीमा फसेका युवाहरुलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुर्नजीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा समेत थप ब्यवस्थित र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै रहनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले मन्दिर निर्माणमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई सम्मान पत्र तथा केन्द्रमा उपचाररत सदस्यहरुको स्वास्थ्य उपचारमा सहयोग गर्नु हुने स्वास्थ्य कर्मीहरु तथा आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रका उपचाररत सदस्यहरुलाई समेत पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं आसरा सुधार केन्द्र, पानवारी धरानका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले शुभकामना मन्तब्य राख्नु भएको थियो । साथै कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियारले प्रमुख अतिथि कुशुम लता सिंह, कोशी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष सीता ज्ञवाली लगायतका महानुभावहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, संचालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानिय जनप्रतिनीधीहरु, सुरक्षा निकायका प्रमुखहरु तथा कर्मचारीहरु र उपचाररत सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

आसरा सुधार केन्द्र पानवारीले २०७५ साल चैत्र महिना देखि निरन्तररुपमा लागू औषध तथा मद्यपानको लतमा फसेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी एवं अनुभवी तथा दक्ष मनोविमर्शकर्ताहरुद्वारा उपचार गराई समाजमा पुनर्स्थापना गराउदै आउनुका साथै लागू औषधको दुरुपयोगबाट हुन सक्ने परिवारिक, सामाजिक, आर्थिक तथा व्यक्तिगत समस्याका साथै अपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यका साथ लागूऔषध दुर्व्यसनको उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेकोछ ।
यस केन्द्रले स्थापना काल देखि हाल सम्म ८९६ जना सदस्यहरुलाई उपचार गराउदै आईरहेकोमा उपचार पश्चात ८१० जनालाई डिष्चार्ज गरी समाजमा पुनर्स्थापना गराई सकेको छ भने हाल ८६ जना सदस्यहरुको प्रभावकारीरुपमा स्वास्थ्य उपचार भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)