आइसिसी विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज हुने यूएईविरुद्धको खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने मौका छ ।
यदि यूएईविरुद्ध २ विकेट हात पारे उनी ओडिआईमा सर्वाधिक कम खेलमा १ सय विकेट पूरा गर्ने बलर बन्नेछन् ।
हालसम्म यो कीर्तिमान अफगानिस्तानका स्टार स्पिनर राशिद खानको नाममा छ । उनले ४४ खेलमा ओडिआईमा १ सय विकेट पूरा गरेका थिए । सन्दीपले भने यो उपलब्धि ४१ खेलमै हासिल गर्ने सम्भावना छ ।
अहिलेसम्म उनले ४० खेलमा ४.०१ को इकोनमीमा ९८ विकेट लिएका छन् । उच्च लयमा रहेकाले सन्दीपले बिहीबार यूएईविरुद्ध विश्वकीर्तिमान बनाउने सम्भावना बलियो छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 196