Aamsanchar

कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा कार्की नियुक्त

Author Image
बिहिवार, चैत २, २०७९

झापा –  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन्। संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्। कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन्। राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १९२० बाट निर्वाचित भएका थिए। कोशी प्रदेशमा कांग्रेसका २९ सांसद छन्।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर