Aamsanchar

नेपालले पायो ३११ रनको विशाल लक्ष्य

Author Image
बिहिवार, चैत २, २०७९

काठमाडौं : आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई यूएईले ३११ रनको विशाल लक्ष्य दिएको छ। यूएईको विशाल रन तयार गर्न असिफ खानले १०१ रनको रवाफिलो योगदान गरे भने भ्रित्या अरविन्दले ९४ बनाए।

कप्तान महम्मद वासिमले ६३, आर्यक लाक्राले ६, सिपी रिजवानले ७,आर्यन अफजल खानले ३, रोहन मुस्ताफाले २०, आसिफ खानले ५२ रनको योगदान गरे। विकेट लिने क्रममा नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गरे भने दोस्रो विकेटका लागि नेपाललाई १६औ ओभर कुर्नुपर्‍यो।

दोस्रो विकेट नेपाली स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई उलबीडब्लु आउट गरे। उनी ६३ रन बनाए आउट भए।  तेस्रो विकेट युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रनआउट भए।  चौथो विकेट आयान अफ्जल खानलाई दिपेन्द्र सिंह ऐरीको बलमा गुलशन झाले क्याच गरे। ५०औँ पुरा खेलमा यूएईले ५ विकेट गुमाएर ३१० रन जोडेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर