

काठमाडौं : उपराष्ट्रपति पदका लागि जारी निर्वाचनमा क्रियापुत्री सांसदले मतदान गरेका छन्। गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले बिहान पोखराबाट हवाइ जहाजमा यहाँ आएर मतदान गरेका हुन्। उनी दिउँसो पोखरा फर्किँदै छन् ।
‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा यहाँ आएर मतदान गरेको हुँ’, मतदानपछि उनले भने।

Views: 118

