Aamsanchar

आज पनि बढ्यो सुन चाँदीको भाउ

Author Image
शुक्रवार, चैत ३, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख सात हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान छ ।

चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर