Aamsanchar

श्रीमतीको टाउमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

Author Image
शुक्रवार, चैत ३, २०७९

मोरङ- मोरङको बेलबारी नगरपालिका-१ का ५७ बर्षीय हेम कर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत फाल्गुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ बर्षीया श्रीमती देवि महतलाई टाउमा धारिलो हतियार प्रहार गरी कर्तब्य गरी हत्या गरेर फरार भएका थिए । श्रीमतीको हत्या गरी घटना स्थलबाटै फरार भएका महतको खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो पथरी शनिश्चरे नगरपालिका-१० स्थित बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेका महतको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर