Aamsanchar

लमानलाई गायक सिद्धुको हत्या अभियोगमा सजाय काटिरहेका ग्याङ्स्टर बिश्नोईको धम्की

Author Image
शुक्रवार, चैत ३, २०७९

एजेन्सी – पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या अभियोगमा सजाय काटिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईले भारतीय अभिनेता सलमान खानलाई फेरि एकपटक धम्की दिएका छन् । भटिण्डा जेलमा रहेका लरेन्सले सलमानलाई सन् १९९८ मा कालो हरिण मारेकोमा माफी माग्नुपर्ने वा नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

गत वर्ष जुनमा पनि मुम्बई प्रहरीमा सलमान र उनका बुबा सलिम खानलाई अज्ञात व्यक्तिबाट धम्कीको पत्र प्राप्त भएको सम्बन्धमा एफआईआर दर्ता गरेका थिए । भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै लरेन्सले भने कि उनको समुदाय सलमानसँग रिसाएको थियो किनभने सलमानले उनीहरूलाई अपमान गरेका थिए । उनीविरुद्ध मुद्दा दायर भए पनि माफी नमानेको लरेन्सले बताए । ‘यदि सलमानले माफी मागेन भने, परिणाम भोग्न तयार रहनु’ लरेन्सले चेतावनी दिए ।

लरेन्सले सलमानलाई धम्की दिएका छन्, ‘छिट्टै उसको अहंकार चकनाचुर हुनेछ । हाम्रो देवताको मन्दिरमा आएर माफी माग्नुपर्छ । हाम्रो समाजले माफ गर्यो भने म केही बोल्दिन । लरेन्स र उनको समुदाय कालो हरिणलाई सम्मान गर्छन् र यसलाई पवित्र जनावर मान्छन् । फिल्म ‘हम साथ साथ है’ को सुटिङका ​​क्रममा सलमानमाथि राजस्थानको कांकनीमा दुई वटा कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।

सलमानलाई भारतीय वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ९/५१ र हतियार ऐनको धारा ३/२५ र ३/२७ अन्तर्गत सलमानविरुद्ध कालो हरिण शिकारमा र म्याद सकिएको हतियार प्रयोग गरेको आरोपमा अभियोग लगाइएको थियाे ।सन् २०१८ मा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । पछि उनले यो मुद्दामा जमानत पाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर