Aamsanchar

रामचोकमा रक्तदान, गौतम परिवारबाट ५० हजार सहयोग 

Author Image
शुक्रवार, चैत ३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका २ रामचोक मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सूर्य गौतमको १७ औं स्मृतिमा आज ९शुक्रबार० रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रामचोक युवा समूहको आयोजना र नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

रामचोक युवा समूहका कार्यवाहक  अध्यक्ष हेमन्त तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संग्रौला, विशेष अतिथि रेडक्रस झापा सभापति लोकराज ढकाललगायतले रक्तदान जीवन दान भन्ने महान शब्दको मर्म, अर्थ र औचित्यलाई युवाहरूले पुष्टि गराउनु पर्ने, मानवीय सेवामा सबै युवा लाग्न सके मात्र समाज र राष्ट्र जीवन्त रहने बताए ।

स्वर्गीय सूर्य गौतमको परिवारको तर्फ बाट  रामचोक युवा समूहलाई सामाजिक कार्य गर्नको लागि ५० हजार नगद प्रदान गरिएको छ । रामचोक युवा समूह सामाजिक कार्यमा सँधै अग्रसर रहँदै आएको छ ।
रक्तदान कार्यक्रमको सहआयोजक रहेको रामचोक सामुदायिक वनका अध्यक्ष राजु गौतमले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन रक्षा तिम्सिनाले गरेकी थिइन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)