Aamsanchar

कनकाइमा महिला मार्ग उद्घाटन

Author Image
शनिवार, चैत ४, २०७९

कनकाई ।  झापाको कनकाई नगरपालिका–३ मा महिला मार्ग निर्माण गरिएको छ ।

महिला सहभागितामा गठन भएको उपभोक्ता समितिले स्टिमेट भन्दा कम लागतमा ५८० मिटर कालोपत्रे सडक निर्माण गरेको हो । आज एक कार्यक्रमका बीच कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले महिला मार्गको उद्घाटन गरे।

सडक उद्घाटन कार्यक्रममा कनकाई नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा धेरै बाटो बने पनि महिलाको नेतृत्वमा बनेको यो पहिलो बाटो हो । महिला दिदीबहिनीहरूले धेरै राम्रो काम गर्नुभएको भन्दै  बाटो निर्माण उपभोक्ता समितिका स्थानियहरुलाई धन्यवाद दिए ।

लागत सहभागितामा धेरै कम योजना आउने गरेको र स्थानीयको विकास निर्माणमा उपभोक्ताको सहभागिता जरुरी रहेको उनको भनाइ छ । हरेक नगरवासीले नगरको विकासमा हातमा हात दिएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । धेरै अनुदान र बजेट कटौती हुँदा कतिपय निर्धारित योजनाहरू रोक्नुपर्ने अवस्था रहेको समेत नगरप्रमुख पोखरेलले बताए ।

आर्थिक वर्ष २०७९/०८० को योजना अन्तरगत कनकाई–३ रिङरोड उत्तरतर्फ गाई फारम जाने सडक कालोपत्रे गरिएको हो । उक्त सडक निर्माणका लागि रू ८९ लाख ७८ हजार ४९७ लागत इस्टमेट तयार पारिए पनि महिला उपभोक्ता समितिले रू ७७ लाख ७७ हजार ९५ मा सडक निर्माण सम्पन्न गरिएको समितिकी सचिव कमला अधिकारीले जानकारी दिएकी छन् ।

“बाटो बनाउने शुरुमा असहज भए पनि काम गर्दै जाँदा हुँदो रहेछ भन्ने भयो”, उहाँले भन्नुभयो, “काम सम्पन्न भएपछि सबैले राम्रो गर्नुभयो भन्ने प्रतिक्रिया दिइरहेका छन् ।”

नगरपालिकाको ७० प्रतिशत र स्थानीयवासीको ३० प्रतिशत लागत सहभागितामा २८ फिट चौडाइ रहेको सडकमा २४ फिट कालोपत्रे गरिएको छ भने दुवैतर्फ प्लम निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष रेवता चापागाँईले जानकारी दिइन ।

कार्यक्रममा उपभोक्ता समितिले आयव्यय समेत सार्वजनिक गरेको छ । महिला मार्गमा नगरपालिकाको ६० लाख ९१ हजार ४७३ र स्थानीयवासीको रू १६ लाख ४८ हजार लगानी रहेको छ । सडक निर्माण सम्पन्न गर्दा रू ३२ हजार ६६२ ऋण लागेको समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर