Aamsanchar

 माइधारको श्री लक्ष्मीनारायण मन्दिरमा नव दिवसीय तुलसीकृत रामकथा महायज्ञ हुने

Author Image
आइतवार, चैत ५, २०७९

माइधार । झापाको शिवसताक्षी नगरपालिका १० माइधार स्थित श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरू योगिराज श्री कमलनयनाचार्य आश्रममा ५१ औं ब्रम्होत्सव तथा नव दिवसीय तुलसीकृत रामकथा महायज्ञ आयोजना हुने भएको छ ।
चैत्र ८ गते देखि १६ गते सम्म आश्रममा आयोजना हुने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महायज्ञका संयोजक स्वामी भागवतचार्य ले बताए ।  चैत्र ८ ७ गते मंगलबार दिनको ११ बजे दिव्य कलश एवं बाजागाजा झाँकी सहित शोभायात्रा गरिने उनले बताए ।

आद्य जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमको ५१ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने महायज्ञमा श्री अच्युत प्रपन्नाचार्य पं। अर्जुनप्रसाद रिमालले प्रवचन दिने भएका छन् ।

आश्रम स्थलमा १३ करोडको लागतमा  दिव्यदेश द्रविड शैलीमा भवन निर्माणको काम भइरहेको छ । भवनको बाहिरी डिजाइनको लागि ४ करोड रुपैयाँ खर्च गर्नेगरी एक भारतीय इन्जिनियरिङ कम्पनीले काम गर्दै आएको छ ।
आश्रम स्थलमै जोडिएको ४ बिघा क्षेत्रफलमा पञ्चवर्षे योजना अनुसार चारधाम निर्माण गर्ने धामको लक्ष रहेको दिव्यदेश भवन निर्माण समितका सचिव लिला भट्टराईले जानकारी दिए ।

२०२८ सालमा स्थापना भएको श्री लक्ष्मीनारायण मन्दिरमा हरेक वर्ष धार्मिक अनुष्ठान आयोजना हुदै आएको छ । यस वर्ष आयोजना हुने अनुष्ठानलाई विगतको वर्षहरूको भन्दा भव्य र वृहत व्यवस्थापनमा आयोजना हुने र दैनिक ५ हजार भन्दा धेरै अनुरागीहरूको उपस्थित रहने आयोजकको अपेक्षा रहेको छ ।

गो दुग्धहारी जगतगुरु योगिराज कमलनयनाचार्य स्वामीजी महाराजको तपोभूमि रहेको आश्रम परिसरमा लक्ष्मीनारायण मन्दिर, कक्षा १ देखि ८ सम्मको संस्कृत वेद विद्यालय, कमलनयनाचार्य पुस्तकालय, छात्रावास, श्री लक्ष्मीनारायण वैष्णवालय, गोशाला, धर्मशाला जस्ता संरचनाहरू रहेको छ ।    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर