Aamsanchar

दुर्गापुरमा सामुदायिक भवन बनाउन महायज्ञको तयारी

Author Image
आइतवार, चैत ५, २०७९

दुर्गापुर । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले नौ दिवसीय श्रीमददेवीभागवत महापुराण आयोजना हुने भएको छ ।
श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म महायज्ञ आयोजना गरिन लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रम जानकारी दिइएको छ ।
मन्दिर समितिले ८८ लाख लागतमा सामुदायिक भवन बनाउने योजना अघि सारेको छ । त्यसैगरी हाल ६ लाख ५५ हजार अक्षयकोषमा रहेको र यसै अनुष्ठानमा दाताहरूले दिएको दान भेटीबाट उक्त कोषलाई बढाएर १२ लाख पुर्याउने लक्ष्य समितिले लिएको छ ।

अनुष्ठान सम्पन्न गर्नको लागि सरला दाहाल पोखरेलको संयोजकत्वमा २३ सदस्य अनुष्ठान मूल आयोजक समिति गठन गरिएको छ ।  समितिको सहसंयोजक शम्भुप्रसाद पोखरेल, महासचिव गोपालकुमार पोखरल, सचिवमा राम निरौला,  लक्ष्मी अधिकारी, इन्द्रहरी भट्टराई, मोहनप्रसाद खतिवडा, कोषाध्यक्षमा रोहितकुमार भट्टराईलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरूमा डिल्ली रिजाल, शाकुन्तला खत्री, भुवन खतिवडा, गंगा निरौला, राधिका भट्टराई, नवीन बस्नेत, त्रिलोचन पोखरेल, पवित्रा निरौला, कृष्ण ओली कार्की, नेत्र लामिछाने, राजु अधिकारी, राजन कार्की, राजेन्द्र सिटौला, नवीन घिमिरे र धनराज खड्का रहेका छन् ।

महायज्ञलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू पनि निर्माण गरिएको छ । उपसमिति संयोजकहरूमा आर्थिक संयोजक मनोज पोखरेल, स्वागत सत्कार विदुरकुमार पोखरेल, प्रसाद वितरण लीला ढकाल, राधिका भट्टराई, भान्छा व्यवस्थापन कुशल न्यौपाने, मण्डव भेटी व्यवस्थापन त्रिलोचन पोखरेल, स्वयं सेवक परिचालन डिल्ली रिजाल, कलश यात्रा व्यवस्थापन पवित्रा अधिकारी, प्रचारप्रसार धनराज खड्का, पूजा अर्चना सीता अधिकारी, पण्डाल तथा आवास व्यवस्थापन छविलाल कोइराला, उद्घाटन समारोह यादवप्रसाद दाहाल, सम्मान पत्र व्यवस्थापन देवमणि पोखरेल, यातायात भुवन खतिवडा र पण्डितका लागि भान्छा व्यवस्थापन संयोजकमा कुशल न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
अनुष्ठानमा पण्डित नारायण शरण काफ्लेको प्रमुख वाचन र उपवचन पण्डित सुवास ढकालको रहने छ । महायज्ञ अवधीमा दैनिक बिहान १०ः३० देखि दिउसो ३ः३० सम्म संगीतमय कथा प्रवचन, आरती, पुष्पाञ्जली, साँझ ७ बजे देखि ९ः३० बजे सम्म सन्ध्या आरती, भजन कीर्तन, महात्म्य प्रवचन, ज्ञानमञ्च, झाँकी प्रर्दशन लगायत विभिद कार्यक्रम आयोजना हुने बताईएको छ ।

विक्रम सम्वत २०२६ सालमा स्थापना भएको दुर्गा मन्दिर सो क्षेत्रको एक ईतिहास बनेर रहेको छ । दुर्गा मन्दिर भएकै कारणले उक्त स्थानको नाम दुर्गापुर रहन गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले बताए ।
दुर्गापुर बजार मुख्य राजमार्ग उत्तर रहेको मन्दिर २ कठ्ठा ७ धुर क्षेत्रफलमा फैलिएको छ । उक्त जग्गा स्थानीय समाजसेवी पुष्प पोखरेलले दान दिएका हुन । त्यसैगरी मन्दिरको नाममा प्रजापतिमा १० कठ्ठा जग्गा रहेको छ । उक्त जग्गा समाजसेवी दाजुभाई गणेश पोखरेल र कुमनिधी पोखरेलले दान दिएका थिए ।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव राम निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 748

प्रतिक्रिया (०)

सम्बन्धित खबर