Aamsanchar

सुनचाँदीको भाउ आज

Author Image
सोमवार, चैत ६, २०७९

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजावी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च हो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ कायम भएको छ।

Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२