Aamsanchar

जामुनखाडी सिमसार परिसरमा देवीभागवत नवाह ज्ञान महायज्ञ हुने

Author Image
सोमवार, चैत ६, २०७९

कनकाई । झापाकै पहिलो सामुदायिक पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारमा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।
प्राकृतिक पर्यापर्यटनको विकास गर्ने उद्देश्यले झापामै पहिलो पटक जामुनखाडी  सामुदायिक वनले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार पर्यटकीय स्थलमा धार्मिक पर्यटनलाई पनि जोडने उद्देश्यले जामुनखाडी सामुदायिक वन संरक्षक रहेर श्री पञ्चकन्या पाथिभरा देवी मन्दिर समितिले महायज्ञको आयोजना गर्न लागेको आज आयोजित पत्रकार भेटघाटमा बताईएको छ ।

चैत ८ गते देखि १६ गते सम्म आयोजना हुने श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञको सम्पूर्ण तयार पुरा भएको पुराण संयोजक बुद्धिमान बोहोराले बताए ।

पुराण सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । उपसमिति संयोजकहरूमा आर्थिक उपसमिति संयोजक खड्ग गिरी, प्रचारप्रसार संयोजक मन नेम्बाङलगायत रहेका छन् ।

राजेन्द्रकुमार विष्ट र युवकला विष्टले निर्माण गराएको श्री पञ्चकन्या पाथिभरा देवी मन्दिर परिसरमा महायज्ञ आयोजनाको तयारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर