Aamsanchar

स्ववियु निर्वाचन : बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसमा अध्यक्षमा नेविसंघका दाहाल निर्वाचित

Author Image
सोमवार, चैत ६, २०७९

झापा- बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका पवन दाहाल निर्वाचित भएका छन् । उनले ३९० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका निर्मल लाम्गादेले २३७ मत पाएका छन् । त्यस्तै सचिवमा नेविसंघका श्रीजित ढुंगाना ४१५ , कोषाध्यक्षमा नेविसंघका शीतल गुरुङ ४४१ मत ल्याई विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा रविन खड्का नेविसंघ ४६१ , बृन्दा तामाङ नेविसंघ ३९५ , ज्ञानबहादुर फत्र नेविसंघ ३९८ , समीक्षा पाण्डे नेविसंघ ४२६ , आकाश थापा अनेरास्ववियु ३९१ र उज्वल घिमिरे अनेरास्ववियु ३८१ मत ल्याई निर्वाचित भएका छन् ।

सम्पूर्ण पदाधिकारीसहित चारवटा सदस्य पद नेविसंघले जित्दा अनेरास्ववियुले दुईवटा सदस्य पद जितेको हो ।त्यस क्याम्पसमा अनेरास्ववियु , नेविसंघ ,अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियुका तर्फबाट चार जनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर