Aamsanchar

नेप्से १.१८ प्रतिशतले उकालो, सबै उपसमूहको परिसूचकमा हरियाली

Author Image
सोमवार, चैत ६, २०७९

काठमाडौं – सातोको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से १.१८ प्रतिशतले उकालो लागेको छ । नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको छ ।

यस दिन २५९ कम्पनीका एक अर्ब २७ करोड चार लाख २६१ रुपैयाँबराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ३६६.२३ कायम भएको छ । सोमबार १३ उपसमूहको परिसूचक उकालो लागेको छ । ट्रेडिङ उपसमूहको समूहगत परिसूचक सर्वाधिक ४.६६ प्रतिशतले बढेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर