Aamsanchar

ओखलढुंगामा मुख्यमन्त्रीको गाडीमा तोडफोड प्रयास

Author Image
सोमवार, चैत ६, २०७९

ओखलढुंगा  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । आज (सोमबार) दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।

प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनका क्रममा सोमबार सिद्धिचरण नगरपालिका–११ मिलन चोकमा मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।

Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर