Aamsanchar

भाङ्बारीको बिन्ध्यावासिनी मन्दिरमा भागवत सप्ताह हुने, मुख्य कथा वाचनका लागि राधिका दासी आउने  

Author Image
मङ्गलवार, चैत ७, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ४ भाङ्बारीमा रहेको श्री विन्ध्यवासिनी सिंहदेवी मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

चैत १० देखि १६ गते सम्म आयोजना गरिने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार भेटघाट कार्यक्रममा आयोजकले बताएको छ ।

७ औं अनुष्ठानको रुपमा आयोजना गर्न लागिएको महायज्ञका लागि प्रखर कथा वाचिका राधिका दासीको प्रमुख वाचकत्व रहने मन्दिर तथा महायज्ञ आयोजक समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए । एक धामकै रुपमा विकास हुँदै गरेको बिन्ध्यावासिनी सिंहदेवी मन्दिर परिसरमा आयोजना हुने श्रीमद् भागवत सप्ताह महायज्ञ आयोजनातर्फ करिव २० लाख खर्च हुने र ५० लाख भन्दा धेरै आर्थिक सहयोग रकम संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष जोशीले बताए ।

महायज्ञ सञ्चालनको लागि मन्दिर समिति नै आयोजक समितिमा रहेको छ । समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की र मनोरथ शिवाकोटी रहेका छन् । त्यसैगरी सचिव एकदेव खनाल, सहसचिव मणि भण्डारी, कोषाध्यक्ष चिरञ्जीवी शिवाकोटी, सदस्यहरू नरमाया थापा, पिताम्बर गौतम, टेकबहादुर कार्की डोली, धनमाया खत्री, गोपाल राउत, सरस्वती दनुवार, सुनिता दाहाल, सोमनाथ चापागाईँ, पण्डित कृष्ण चापागाईँ र नेत्र गुरागाँई रहेका छन् ।

महायज्ञको लागि विभिन्न उपसमितिहरू निर्माण गरिएको छ । उपसमिति संयोजकहरुमा आर्थिक उपसमिति संयोजक चिरिञ्जीनी शिवाकोटी, प्रचारप्रसार एकदेव खनाल, खाद्य व्यवस्थापन गोपाल राउत, धान्याञ्चल दशरथ गौतम, पूजा सञ्चालन नरमाया थापा, स्वागत ÷ अतिथि सत्कार मनोज जोशी, कीर्तन परिचालन प्रेमबहादुर कार्की, स्वास्थ्य विभाग रोशन बस्नेत, सुरक्षा तथा पार्किङ उप समिति संयोजकमा समिर निरौला रहेका छन् ।

महायज्ञ अवधिभर दैनिक विहान ११ बजे देखि ३ बजे सम्म पाठ पारायण, चण्डीपाठ र प्रवचन आयोजना हुने छ भने बेलुका ७ बजे देखि १० बजे सम्म कथा, माहात्म्य र भजन कृतिन सहित झाँकी प्रर्दशनी जस्ता कार्यक्रम आयोजकले तय गरेको छ ।

अर्जुनधारा नगर पालिकाका सबै वडाहरु आयोजकमा रहने निर्णर्य समितिले गरेको छ । अनुष्ठान आयोजना हुने वडा नं. ४ का वडाध्यक्ष अमरबहादुर कटुवाले अर्जुनधाराकै एक धार्मिक पहिचान बनाउन सफल भएको बिन्ध्यावासिनी सिंहदेवी मन्दिरको भौतिक विकासका लागि स्थानीय सरकार र  नगरवासी हरुले तन, मन र धन दिएर सहयोग गर्नु पर्ने बताए ।

पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा जलेश्वर धामका मूल पुजारी अग्नि सिग्देलले अर्जुनधारा जलेश्वर धाममा दैनिक सयौँ भक्तजनहरू आउने गरेका र बिन्ध्यावासिनी मन्दिरमा आयोजना हुने धार्मिक अनुष्ठान सम्म ति भक्तजनहरूलाई ल्याउन भूमिका निर्वाह गर्ने बचन दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
17
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर