Aamsanchar

घोराही सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू आउने

Author Image
मङ्गलवार, चैत ७, २०७९

घोराही । यही चैत ९ गतेदेखि घोराहीमा हुने तीन दिने वृहत सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ । डि टेन नेपाल इन्टरटेनमेन्ट मिडिया प्रा।लिको आयोजनामा हुने ‘घोराही वृहत सांस्कृतिक कार्यक्रम–२०७९ मा नेपाली सांगीतिक क्षेत्रका चर्चित एवं लोकप्रिय गायक प्रमोद खरेल, नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा लगायतका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

अनाथ आश्रमको लागी सहयोगार्थ चैत ९ देखी ११ गतेसम्म घोराही उपमहानगरपालिका १४ झिँगौरामा हुने सांस्कृतिक कार्यक्रममा गायक प्रमोद खरेल, गायक पशुपति शर्मा, गायक चन्द्र शर्मा, गायिका सृर्जना खत्री ‘हाउडेमाया’, गायक उर्गेन डोङ, गायक एम।टी महर, मेडलहरू करिष्मा ढकाल, रुविना अधिकारी, टिका जैशी, आरुषी मगर लगायत दंगाली कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमका सांस्कृतिक संयोजक कमल बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर