Aamsanchar

मनमोहन अस्पतालले बिर्तामोड नगर अस्पताललाई दियो २ थान मेडिसिन ट्रली

Author Image
मङ्गलवार, चैत ७, २०७९

बिर्तामोड । बिर्तामोड नगर अस्पताललाई मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोडले मेडिसिन ट्रली सहयोग गरेको छ ।

फागुन २० गते देखि नयाँ भवनबाट सेवा सुरु गरेको बिर्तामोड नगर अस्पतालका लागि मनमोहन अस्पतालले आज २ थान मेडिसिन ट्रली (क्रास कार्ट) सहयोग गरेको हो ।

मनमोहन अस्पतालका सूचना अधिकृत कमल भट्टराई र डिल्लीराम आचार्यले नगर अस्पतालमा पुगेर मेयर पवित्रा महतारा प्रसाईलाई ९० हजार रुपैयाँ मुल्य पर्ने ट्रली हस्तान्तरण गरेका थिए ।

बिर्तामोड नगर अस्पताल सञ्चालनमा सहजताका लागि विभिन्न सहयोगी संघ संस्थाहरुबाट स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग उपलव्ध हुँदै आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)