Aamsanchar

धरानबाट तिनसय किलो गाँजा बरामत

Author Image
बिहिवार, चैत ९, २०७९

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–४ बाट ठुलो परीणाममा गाँजा बरामद भएको छ । गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले GJ.01HQ2461 नम्बरको भारतिय स्कारपियो गाडीमा लुकाई छिपाई ल्याउदै गरेको गाँजा बरामद गरेको हो ।

धरान(४ को सडकको साईडमा रोकी रहेको उक्त गाडीमा चेकजाच गर्ने क्रममा ३०० केजी गाँजा बरामद भएको थियो । गाडीबाट गाँजा बरामद भएसंगै नियन्त्रणमा लिएको तथा चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर