Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, चैत ९, २०७९

काठमाण्डाै – हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 649

प्रतिक्रिया (०)

सम्बन्धित खबर