Aamsanchar

संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत : कोशी प्रदेशका मुख्यमन्त्री कार्की

Author Image
बिहिवार, चैत ९, २०७९

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएकाे बताउनुभएकाे छ ।

बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको ‘नेपालमा संघीयता: अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपालमा संघीयता कार्यान्वयन कमजोर भएको पनि उहाँले बताउनुभएकाे छ । उहाँले केन्द्र सरकार अझै पनि अनुदार रहेकाले संघीयता कार्यान्वयनमा जटिलता रहेको बताउनुभएकाे हाे ।तल्लो तहमा अधिकार दिन भने राजनीतिक नेतृत्वले नचाहेको उहाँकाे भनाइ थियाे । प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयाे । प्रशासनिक क्षेत्रमा २५ प्रतिशत पनि संघीयता कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री कार्कीले बताउनुभयाे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर