Aamsanchar

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा चारजना झापाली निर्वाचित

Author Image
बिहिवार, चैत ९, २०७९

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको ५ औं साधारणसभा तथा अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

आज (विहिबार) सम्पन्न अधिवेशनबाट सर्वसम्वत रुपमा कार्यसमिति पदाधिकारी सदस्यहरु निर्वाचित भएका छन् । नव कार्यसमितिमा झापा बाट तिन जना निर्वाचित भएका छन् । प्रदेश समितिमा झापाली व्यसायीहरको बलियो उपस्थिती रहेको छ । नव र्विाचित समितिको बस्तुगत उपाध्यक्षमा कनकाई उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुशल व्यवसायी कुमारमणी पोखरेल निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा बिर्तामोड उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, मेचीनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना र प्लाइउड व्यवसायी संघ झापाका अध्यक्ष दिपक पाण्डे निर्वाचित भएका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)