Aamsanchar

पहिचानवादी संघर्ष समितिको आपतकालीन बैठक, कोशी प्रदेशमा चक्का जाम गर्ने निर्णय 

Author Image
शुक्रवार, चैत १०, २०७९

विराटनगर । कोशी प्रदेशमा पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । कोशी प्रदेश नाम अस्वीकार गर्दै सडक संघर्षमा उत्रिएका संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आफ्ना नेता पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादीहरुले थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेका हुन ।

उनीहरुले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामङ्कनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा पदम लिम्बू ९लाजेहाङ०लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् ।

यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट आजै बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले पदम लिम्बूको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ ।

बैठकले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर