Aamsanchar

काँग्रेस बिना देशले बिकास र निकास पाउदैन : फर्मुल्लाह मन्सुर

Author Image
शनिवार, चैत ११, २०७९

फायल फोटो ।

बिर्तामोड । नेपाली काँग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सुरले प्रतिगामीको पोल्टामा गइसकेको नेपालको राजनीतिलाई सही बाटोमा फर्काउन लोकतन्त्रवादी दलहरु प्रयासरत रहेको बताउनु भएको छ ।

नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई आज शनिबार बिर्तामोडमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व मन्त्री मन्सुरले निर्दलीयतावादी र एकाधिकारवादी चिन्तन बोकेका बाहेक अरु राजनैतिक दलहरु लोकतन्त्रको संस्थागत बिकासका लागि एकजुट हुँदै गएको भनाई राख्नुभयो ।

नेकपा एमाले सँगको सहकार्य र सहयात्रा बिश्वासिलो र भरपर्दो नभएकै कारण दुइ–दुई पटक कम्युनिष्ट गठबन्धन असफल भएर नेपाली काँग्रेसको नेतृत्व र सहभागितामा सरकार बनेर देशले निकास पाएको बताउँदै नेता मन्सुरले काँग्रेस बिना देशले बिकास र निकास नपाउने कुरालाई जनताले अनुभूति गरिसकेको यर्थात सुनाउनु भयो ।

निष्ठा, त्याग, बलिदान, सत्चरित्र र समर्पण बिनाको राजनीति गर्ने र पैसा कमाउनका लागि राजनीतिलाई माध्यम बनाउनेहरुको अन्त्य दुःखदायी हुने बताउँदै “देश र जनताको सेवा गर्छौं भन्नेहरुको मनमा लोभ र पाप पलाउँदा देश र जनताले सास्ती भोग्नु परेको हो” नेतो मन्सुरले भन्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागँँइले चरम आर्थिक मन्दीको मारमा परेका जनतालाई राहत हुने गरी सरकारले नीति कार्यक्रम ल्यउने तर्फ काँग्रेसको केन्द्रीय नेतृत्वले बिषेश ध्यान पु¥याउनु पर्नेमा जोड दिनु भएको थियो ।

सोही अवसरमा नेता मन्सुरसँगैृ आएका अतिथिलाई स्वागत गरिएको थियो भने कोशी प्रदेश उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र प्रजातान्त्रिक औषधि ब्यवसायी संघ कोशी प्रदेश संयोजक जीवन खड्कालाई सममान गरिएको थियो ।

नेपाली काँग्रेस झापा क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन बिर्तामोड नगर सभापनि भोजराज सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको संयोजन र सहजीकरण नेकाँ झापा जिल्ला सदस्य सर्फराज शेख सोनुले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर